सत्यवती लघुवित्तको मृतक सदस्य परिवारलाई राहात बितरण


मिति २०७६/०३/१५
सत्यवती लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय भटनीले आफनो मृतक ग्राहक सदस्य परिवारलाई काजक्रिया खर्चका लागि रु तीस हजार रुपैया र निजको विमा वापतको भुक्तानी रकम रु एक लाख गरि जम्मा रु एक लाख तिस हजार मात्र जिल्ला कपिलबस्तु विजयनगर गाँउपालिका वडा नंं १ थोकरी निवासी स्व. तिलमाया बुढामगरको अषाढ १५ गते श्रद्धाञ्जली कार्यक्रममा मृतकका श्रीमानलाई सो राहत रकम बितरण गरीएको हो । उक्त कार्याक्रममा आफन्तजन छिमेकीहरुको उपस्थितीमा वित्तीय संस्था लि.केन्द्रिय कार्यालय विभागीय प्रमुख श्री टोप बहादुर थापा र रिलायबल लाईफ ईन्स्योरेन्स कम्पनी लि. शाखा कार्यालय चन्द्रौटाका शाखा प्रमुख श्री राम प्रसाद अधिकारीबाट संयुक्त रुपमा हस्तान्तरण गर्नु भएको थियो । उक्त कार्यक्रममा सत्यवती लघुवित्त वित्तीय संस्था लिमिटेडका विभागीय प्रमुख श्री श्याम बहादुर थापा तथा शाखा कार्यालय भटनीका शाखा प्रमुख श्री शोभा आचार्य लगायत स्थानीयहरुको समेत उपस्थिती रहेको थियो ।

Have any Question or Comment?

Leave a Reply

Your email address will not be published. Required fields are marked *